काठमाडौँ — हुलास ग्रुप अन्तर्गतका दुई कम्पनी, हुलास इन्फ्रा लिमिटेड र हुलास आइरण इन्डस्ट्रीज, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा छन्। यस विषयमा निर्णय गर्न दुबै कम्पनीले क्रमशः पुस २१ र पुस २५ गते साधारणसभा बोलाएका छन्।
साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, आईपीओ निष्काशनका लागि प्रत्याभूतिकर्ता नियुक्त गर्ने, र आवश्यक थप संशोधनको अधिकार संचालक समितिलाई प्रदान गर्ने निर्णय गरिनेछ।
हुलास ग्रुपका अध्यक्ष चन्द्र कुमार गोल्छा हुन् भने हुलास इन्फ्रा लिमिटेड र हुलास आइरण इन्डस्ट्रीजका प्रबन्ध संचालक उनका छोरा शरद गोल्छा हुन्।
यसअघि, हुलास ग्रुप अन्तर्गतकै सौर्य सिमेन्टले पनि आईपीओ निष्काशनको तयारी गरिरहेको जानकारी गराइएको छ।