डिशहोम र डल्लेबीच सहकार्य, ग्राहकलाई १० प्रतिशत

काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी डिशहोम ले लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड डल्ले सँग साझेदारी गर्दै आफ्ना ग्राहकका लागि विशेष सुविधा घोषणा गरेको छ। यो सहकार्य अन्तर्गत अब डिशहोमका सबै सक्रिय ग्राहकहरूले भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी डल्लेका सम्पूर्ण आउटलेटहरूमा १० प्रतिशत छुट पाउने भएका छन्।

ग्राहकहरूले उक्त छुट पाउनका लागि आफ्नो मोबाइलमा myDishHome App डाउनलोड गरी दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि एपको होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको “Privilege Card” आइकनमा क्लिक गरी प्राप्त कार्ड डल्ले आउटलेटमा देखाएर छुट लिन सकिनेछ।

सहकार्यलाई औपचारिकता दिन डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईबीच सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरिएको छ।

नेपाली स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने सफल ब्रान्ड डल्ले ले देशभर शाखा विस्तार गर्दै शान्त वातावरण, गुणस्तरीय सेवा र स्वादिष्ट भोजनका कारण ग्राहकको मन जित्दै आएको छ।

डिशहोमका अनुसार, यो साझेदारी केवल डिजिटल कनेक्टिभिटीमा सीमित नभई ग्राहकको जीवनशैलीमा सुविधा, बचत र विशेष अनुभव प्रदान गर्ने प्रयासको निरन्तरता हो। कम्पनीले आगामी दिनमा पनि यस्तै लाइफस्टाइल बेनिफिट्स उपलब्ध गराउने सहकार्यहरू विस्तार गर्दै जाने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय