नेपाल लगायत विभिन्न देशमा ठूलो भूकम्पको झड्का

काठमाडाैं - काठमाडौँ लगायतका क्षेत्रमा बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राति २ बजे ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। 

भूकम्प आएसँगै उपत्यकाका धेरै मानिसहरू सडकमा निस्किएका थिए। भूकम्पले नेपाल भारत र चीनमा समेत हल्लाएको थियो। 

नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । 

भूकम्पले के कति क्षति भयो त्यसको विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया