धमाधम आइपीओ आउँदै - स्मार्ट डोर्स लिमिटेडले प्राथामिक शेयर निष्कासन गर्ने

काठमाडौं- स्मार्ट डोर्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।

स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

२ करोड ८० लाख रुपैयाँ सेयर पुँजी बराबरको १ सय रुपैयाँ अंकित दरको २ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएको हो। वि.सं. २०७८ मा स्थापना भएकोे यस कम्पनीले नेपालमा विभिन्न प्रकारको ढोकाहरू उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।

कम्पनीले जर्मनी प्रविधिका मेसिनहरूबाट गुणस्तरीय ढोकाहरू २५ वर्षीय वारेन्टीका साथ नेपालमै उत्पादन गर्दै आइरहेको दाबी गरेको छ। कम्पनीले उत्पादन गर्ने माइका ढोका, मेमरेन ढोका र थ्री डी ढोका विश्वभरि प्रसिद्ध रहेको बताइएको छ।

प्रतिक्रिया