रवि लामिछानेले न्तिपुरविरुद्ध मुद्दा हाले

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने आफु विरुद्ध भ्रामक समाचार छापेको भन्दै कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् ।


उनले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिएका हुन । उनले लेखेका छन – "समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन '

 

प्रतिक्रिया