अन्तिम समयमा बजार फर्किँदा नेप्सेमा दोहोरो अङ्कको सुधार, कारोबार रकम पनि बढ्यो

काठमाडाैं - निरन्तर बजार ओरालो लागेर आजित भएका लगानीकर्ताहरूलाई साताको पहिलो दिन भने केही राहतको दिन बन्यो। 

आइतबार नेप्से परिसूचक १२ अङ्कले बढ्दा कारोबार रकम पनि सोहीअनुसार केही सुधार आएको छ। यस दिन २ अर्ब २५ करोड माथिको सेयर खरिद बिक्री भएको छ। 

आजको वृद्धिसँगै समग्र नेप्से १९८४ बिन्दुमा आइपुगेको छ। कारोबार भएका ३१० कम्पनीमध्ये अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको छ भने लामो समय पछाडि सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पनि आज उछाल आएको छ। पुरै दिन बजार घटेर कारोबार भएपनि अन्तिम समयमा आइपुग्दा एकाएक बजार बढेको थियो। 

यता उपसोचकतर्फ बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसूचकहरू बढेका छन्। आइतबार एक कम्पनीको सेयर मूल्यमा समेत सर्किट लागेर कारोबार भएको छ। त्यस्तै धेरै कारोबार हुने सेयरको सूचीमा गुडविल फाइनान्स अग्र स्थानमा रहेको छ। 

प्रतिक्रिया