विष्णु खत्रीको छोराको पनि बाबुको जस्तै सुमधुर आवाज,नयाँ गीत "टेन्सन नै टेन्सनमा" सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएका गायक विष्णु खत्रीको नयाँ गीत "टेन्सन नै टेन्सन" भर्खरै सार्वजनिक भएको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्राका क्रममा उनले दर्जनौं सुपरहिट गीत दर्शकसमक्ष प्रस्तुत गरिसकेका छन्। यस नयाँ गीतमा लय तथा शब्द सङ्कलन स्वयं खत्रीले गरेका छन्। गीतमा विष्णु खत्रीसँगै मेलिना राई र विनम्र खत्रीले आवाज दिएका छन्। विष्णु खत्रीको आफ्नै छोराले समेत आवाज दिएको गीतमा धेरैले प्रशंसा गरेका  छन । 

यस गीतले मानवीय जीवनका संघर्ष र तनावलाई कथाका रूपमा प्रस्तुत गरेको छ। राकेश सोनीको संगीत संयोजन रहेको गीतको निर्देशन चर्चित मोडल लोमस शर्माले गरेका छन्। भिडियोमा लोमस शर्मासहित जुना एसडी, अर्जुन न्यौपाने, सन्ध्या केसी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।

गीतले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ। विष्णु खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतलाई टिकटकमा पनि धेरै दर्शकले रुचाएका छन्।

 

प्रतिक्रिया