राजेन्द्र सापकोटाको ‘उठ्नी बेलाको’ गीतमा मोडल विवश ठकुरीको कमब्याक

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक राजेन्द्र सापकोटाको नयाँ गीत ‘उठ्नी बेलाको’ भर्खरै सार्वजनिक भएको छ। गीत सार्वजनिक भएलगत्तै दर्शक तथा स्रोताले सकारात्मक प्रतिक्रिया दिँदै मन पराएको निर्माण पक्षले जनाएको छ।

माया–प्रेमलाई विषय बनाएर तयार पारिएको यो गीतमा चर्चित सर्जक प्रल्हाद सुवेदीले शब्द सिर्जना गरेका छन् भने संगीत स्वयं गायक सापकोटाले गरेका छन्। गीतको संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन्।

गीतको भिडियोमा चर्चित मोडल विवश ठकुरीलाई देख्न सकिन्छ, जसले समय–समयमा अभिनयमार्फत दर्शकको मन जित्दै आएका छन्। उनी राजन ठकुरीको गीतमार्फत चर्चामा आएका थिए भने पछिल्लो समय खासै म्युजिक भिडियोमा देखिएका थिएनन्। यो गीतमार्फत उनले पुनः अभिनयमा कमब्याक गरेका छन्।

कुमार केसीको निर्देशनमा तयार भएको भिडियोमा विवश ठकुरीसँग मोडल सिता घिमिरेले अभिनयमा साथ दिएकी छन्।

 

प्रतिक्रिया