एउटै कम्पनीको आइपीओ अब तीन पटक आउने

काठमाडौं - अब कम्पनीहरुले आइपीओ सार्वजनिक गर्दा तीन चरणमा सार्वजनिक गर्नु पर्ने भएको छ । 

 कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलाेपटक, वैदेशिक राेजगारमा गएकालाई दाेस्राेपटक र सर्वसाधारणलाई तेस्राेपटक शेयर निष्काशन गर्नुपर्नेछ । 

नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो ।

स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्काशन गर्दथ्यो । आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्काशन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गु्नासो गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरुको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया