मेरो माइक्रोफाइनान्सको बोनस घोषणा

काठमाण्डौ । मेरो माइक्रोफाइनान्सले आफ्ना शेयर धनिहरुलाई बोनस घोषणा गरेको छ ।  कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेय र र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।


लघुवित्त कम्पनीको असोज १८ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद गरी कुल २१।०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जानकारी दिए ।


गत आवबाट प्रस्तावित उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ । हाल १ अर्ब चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि १ अर्ब २० करोड पूँजी कायम हुनेछ ।

प्रतिक्रिया