नयाँ गीत सार्वजनिक भएसँगै दीपक कँडेलले भन्छन् "कमाउन लगानी गरेको होइन"

काठमाडौं – पछिल्लो समयमा सार्वजनिक हुने धेरै गीतहरूमा विदेशमा रहेका नेपालीहरूको लगानी देख्न सकिन्छ। केही कलाकारहरूले आफ्नै लगानीमा गीत सार्वजनिक गरे पनि गीत-संगीतलाई माया गर्ने विदेशमा रहेका नेपालीहरूको लगानीले ठूलो योगदान पुर्‍याएको छ। अहिले सार्वजनिक हुने धेरैजसो गीतहरू व्यवसायिक रूपमा सफल नभए पनि गीत सार्वजनिक गर्ने क्रम रोकिएको छैन। विदेशमा दुःख गरेर कमाएको पैसा नेपाली गीत-संगीतमा लगानी गर्ने धेरै लोकप्रेमीहरूका कारण नेपालमा थुप्रैले रोजगारी पाएका छन्। हाल हप्तामा दर्जनौं गीत सार्वजनिक हुन्छन्, तर तीमध्ये थोरै मात्र व्यावसायिक रूपमा सफल हुन्छन्।

विदेशमा बसेर पनि नेपाली संगीतलाई माया गर्ने सर्जकहरूमध्ये दीपक कँडेल एक हुन्। उनले ‘दीपिका म्युजिक’ नामक कम्पनी सञ्चालन गर्दै आएका छन्। पाँच वर्षको अवधिमा उनले गीत-संगीतमा डेढ करोडभन्दा बढी लगानी गरिसकेका छन्। यद्यपि, लगानी उठाउन भने उनी सफल भएका छैनन् र केही मात्रामा मात्र लगानी फिर्ता आएको छ। तर पनि उनी निरन्तर संगीत क्षेत्रमा सक्रिय छन्। उनी गीतलाई व्यावसायिक दृष्टिकोणभन्दा पनि आफ्नो चाहना र रुचिका रूपमा लिने बताउँछन्। उनले आगामी दिनमा पनि लगानी जारी राख्ने बताएका छन्। दीपक कँडेल कुशल सर्जकसमेत हुन्। ‘दीपिका म्युजिक’ मार्फत उनका शब्द सिर्जना र अभिनय रहेका दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन्।

दीपक कँडेलले हालै ‘दीपिका म्युजिक’ मार्फत नयाँ गीत ‘मैना बगर’ सार्वजनिक गरेका छन्। माया प्रेमको भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको यो गीतमा गणेश अधिकारीको शब्द र लय सिर्जना छ। उनले गीतको उत्कृष्ट म्युजिक भिडियो निर्माणमा पनि ठूलो लगानी गरेका छन्। सुनिता बुढा क्षेत्री र गणेश अधिकारीको आवाजमा रहेको यस गीतमा महेन्द्र भण्डारीले संगीत संयोजन गरेका छन्। काजी श्रेष्ठको निर्देशनमा बनेको गीतमा विजय पुन र यशु भट्टराईको अभिनय देख्न सकिन्छ।

 

प्रतिक्रिया