शेयर बजारमा निरन्तर ओरालो यात्रा,कारोबार रकम ८२ करोडमा खुम्चियो

काठमाण्डौ । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक करिव १२ अंकले घटेर समग्र बजार १९३९ विन्दुमा आएको छ । हिजो पनि बजार घटेरै बन्द भएको थियो । 

आज नेप्सेसँगै कारोबार रकमा पनि ठुलो गिरावट आएको छ । २२४ कम्पनीको शेयर किनबेच हुँदा केवल ८२ करोड माथिको शेयर कारोबार भएको छ । यो विगत एक बर्ष यताकै न्युन कारोबार रकम हो । 

आज दिन म्युचुअल फण्ड ०।११ अंकले वृद्धि भएको भने बाँकी सबै समूहहरु राताम्मे बनेका छन् ।

आज नेपाल टेलिकमको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, आज हिमालन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया