सुन र चाँदी दुबैको भाउ घट्यो

काठमाण्डौ । बुधबार सुन र चाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ६०० र तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रतिक्रिया