साताको अन्तिम दिन सामान्य अङ्कले बढ्यो नेप्से, सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण

काठमाडौं । आज यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

उक्त दिन सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड २४ लाख २० हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १५ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया