काठमाडौं । ९ दिन पछि शेयर बजार खुलेको छ । दशै पछि खुलेको शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा लगानीकर्ता उत्साहित भएका छन् । दशैं अगाडि आसै सुधार आउन नसेकेको शेयर बजारमा अब भने सुधार हुने आशा लगानीकर्तामा रहेको छ । बैंक तथा वित्तीय सस्थाहरुले लाभांश दिन क्षमता बलियो बनाएको हुदाँ अब शेयर बजारमा आसै नकारात्मक प्रभाव नपर्ने विज्ञहरु बताउछन् ।
तर संघ र प्रदेशको निर्वाचन नजिकिदैं गर्दा पैसामा हुने चलखेलले शेयर बजारमा सुधार नहुने तर्क दिन्छन । शेयर बजारमा आफ्नो शेयर बिगाउन ठूला लगानीकर्ताहरुलले चलखेल गरेको अनुमान गर्ने गर्दछन् ।
दशैं पछिको पहिलो कारोबार आज अर्थात आइतबार शेयर बजार ४४.६२ अकंले बढेर १८९८.३८ बिन्दमा बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर किनबेच हुदाँ ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँको कारोबार भएको छ । दशैं अघि गत असोज १३ गते नेप्से १६.२९ अंकले बृद्धि भई १८५३.७६ अंकमा बन्द भई ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको शेयर कारोबार भएको थियो ।
नेप्सेमा सुधार देखिए पनि कारोबार रकम भने सुधार आउन सकेको छैन । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २२ करोड ६९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । साथै, नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको २ करोड ३१ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।