मैलुङखोला जलविद्युतको आईपीओ आज निष्कासन, कति कित्ता दिने आवेदन ?


काठमाण्डौं –पुँजी बजारमा एकपछि अर्को कम्पनीले सर्वसाधारणका  लागि आईपीओ जारी गरेका छन् । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आज (साउन १४ गतेबाट) सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।


कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।  
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो । 
यो कम्पनीको आईपीओमा पनि सर्वसाधारणले १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । किनकि यसअघिको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो । यसमा झन्डै २१ लाख आवेदकबाट सेयर माग भएको थियो।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा पनि २१ लाख बढी नै आवेदन पर्ने देखिन्छ। जसअनुसार यो आईपीओ गोलाप्रथाबाट १०÷१० कित्ताका दरले बाँडफाँड हुने देखिन्छ। 

यो पाईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १÷१ कित्ता पाउनेछन्।
 

प्रतिक्रिया