काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा शुक्रबार सम्ममा १७ लाख बढी आवेदकले शेयर खरिदको लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार १७ लाख १८ हजार ६६३ जना आवेदकले २ अर्ब २८ करोड रूपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणको लागि निष्काशनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३०.६४ गुणा बढी हो ।
कम्पनीले आयोजना प्रभावित जनताको लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न गर्दै छ ।
कम्पनीको कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।
कम्पनीको उक्त आईपिओमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ तर छिटो अवधिमै माग भन्दा बढि आवेदन पर्ने भने प्रमय निश्चित छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।
कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।