काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको अभियान लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भए सँगै आज पहिलो कारोबार हुँदै छ । शुक्रबार अभियान लघुवित्तको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो ।
अभियानको चुक्ता पुँजीका आधारमा कायम २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । अब अभियानको शेयर आजदेखि दोस्रो बजार कारोबारका लागि खुला हुनेछ । नेप्सेले पहिलो कारोबारका ओपनिङ रेन्ज पनि तोकेको छ ।
जसअनुसार प्रतिकित्ता १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसाभित्र रहेर अभियानको सेयर कारोबार खुला हुनेछ । ‘एभीवाइएएन’ संकेतबाट अभियानको कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।