साताको अन्तिम दिन शेयर बजार - नेप्से र कारोबार रकम दुवैमा सुधार

काठमाण्डौ । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार आएको छ । बिहीबार बजार ४।१५ अंकले वृद्धि भएको हो ।

आज बजार परिसुचक १८७०।६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २।३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि उकालो लागेको छ । आज ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता बढी सेयर खरिदबिक्री भएको छ ।

आज दुई कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । आज नबिल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको हो । बैंकको आज ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ३ करोड २७ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय