काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेर बजार बन्द भएको छ । नेप्से मात्र होइन पछिल्ला केही दिन कारोबार रकममा पनि गिरावट आइरहेको छ । समग्रमा हेर्दा यो हप्ता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन ।
बिहीबार परिसूचक १० अङ्कले घटेर समग्र बजार २०६८ विन्दुमा आएको छ । आज तीन अर्ब ८७ करोड माथिको शेयर खरिद बिक्री हुँदा किनबेच भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
३०६ कम्पनीको शेयर कारोबार भएकोमा ५२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ । कारोबारको रकम हेर्दा माउन्टेन इनर्जिको शेयर धेरै भोल्युममा किनबेच भएको छ ।
उपसूचक तर्फ फाइनान्स र म्युचुअल फन्ड बाहेक अरु सबै उपसूचक घटेका छन भने बीमा समूह सबै भन्दा धेरै घटेको छ ।