काठमाडौं — नेपालीहरूको प्रमुख पर्वहरूमध्ये एक, हरितालिका तीज, विशेषगरी महिलाहरूले गीतसंगीतमार्फत आफ्नो भावनालाई पोख्ने अवसरको रूपमा लिइन्छ। तीज नजिकिँदै गर्दा, तीजका गीतहरू सार्वजनिक हुने क्रम तीव्र भइरहेको छ।
लोकप्रिय गायक तथा कुशल सर्जक राजन कार्कीले एक महिना अघि सार्वजनिक गरेको तीज गीत "हरहर महादेव" ले ठूलो चर्चा पाउँदै २० लाखभन्दा बढी दर्शकको मन जित्न सफल भएको छ। बेलायतमा रहेका कार्कीले गीतको सफलताले आफूलाई हर्षित बनाएको बताउँदै सम्पूर्ण दर्शक र गीतमा मेहनत गर्ने टिमप्रति आभार प्रकट गरेका छन्।
कार्कीको लय र शब्द सिर्जनामा आधारित यस गीतमा उनलाई जीवन दाहाल, कमला सुनार, र शान्ता बर्देवाले आवाजमा साथ दिएका छन्। याम थापा मगरले संगीत संयोजन गरेको यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। कुमार केसीको निर्देशनमा रमणीय स्थानमा खिचिएको भिडियोमा तेजश रेग्मी र अस्मिता रनपालले मुख्य भूमिका निभाएका छन्।