मौलाकाली केबलकार ८ दिन दिउँसो २ बजेपछि बन्द हुने

काठमाडौं - नियमित मर्मतको लागि मौलाकाली केबलकार दिउँसो २ बजे पछि बन्द हुने भएको छ ।

फागुन ८ गतेदेखि १६ गते सम्म दिउँसो २ बजेपछि बन्द हुने तर शनिबार भने पुरानै अवस्थामा चल्ने स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनु भयो । 

पूर्वीनवलपरासीको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख ५० हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरिसकेका छन् ।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ गोन्डुला छन् । एउटा गोन्डुलामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ ।

प्रतिक्रिया