बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट सम्पन्न, ४.३४ लाख लगानीकर्ताले पाए शेयर

भदौ ३० गते, सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता शेयर भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरका लागि २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये सबै आवेदन स्वीकृत भएका थिए।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा अपनाइएको हो। परिणामस्वरूप ४ लाख ३४ हजार १०८ आवेदकले प्रत्येकी १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय