म लगाएत जापानमा आउने धेरै चेलीको कथा हो "आलाराम" - कल्पना क्षेत्री

काठमाडौं - यतिबेला सामाजिक सञ्जाल गीत आलारामा निकै चर्चामा छ । जापानमा नेपालीहरुले भोग्ने कथालाई गीतले सटीक रुपमा उठाएको छ । 

गीतमा सीमा नेपालीको सुमधुर स्वर रहेको छ भने लय र शब्द सिर्जना प्रेम सापकोटाले गरेका छन्। गीतको सबैभन्दा बलियो पक्ष यसका शब्दहरू हुन्, जसमा विदेशमा रहेकी एक चेलीले भोग्नुपरेका पीडाहरूलाई मार्मिक रूपमा चित्रण गरिएको छ।

तेजेन्द्र भण्डारीको निर्देशनमा बनेको यस गीतको भिडियो सामान्य भए पनि कथावस्तु र प्रस्तुतिले दर्शकको मन छोएको छ। भिडियोमा कल्पना क्षेत्री मूख्य अभिनय रहेको छ । उनको अभिनयलाई गीतको भावनालाई जीवन्त बनाएका छन्।

को हुन् कल्पना क्षेत्री ? 

विदेशमा संघर्षरत नेपाली चेली कल्पना क्षेत्रीले संगीत र समाजसेवामा आफूलाई समर्पित गर्दै आएकी छन्। उनले जापानी पुरुषसँग विवाह बन्धनमा बाँधिएर अहिले जापानमै कर्म गरिरहेकी छन्। बाल्यकालदेखि नै कठिन परिस्थितिसँग जुध्दै अगाडि बढेकी कल्पनाले भाषाको अभाव र आर्थिक कठिनाइका बाबजुद पनि आत्मविश्वासलाई कमजोर हुन दिइनन्। उनका लागि जन्मदिने आमा-बुबा मात्र होइन, कर्मघरका सबै परिवार नै मलमसरह छन्।

परदेशको भूमिमा संघर्ष गर्दै जीवनको कथा बोकेकी उनले त्यहाँका दुःख, पीडा र सम्झनाहरूलाई गीतमार्फत अभिव्यक्त गर्दै आएकी छन्। "आलाराम" जस्ता आफ्नै जीवन भोगाइसँग मेल खाने गीतहरूसँग उनको विशेष भावनात्मक सम्बन्ध रहेको छ। पैसाको लोभभन्दा पनि आफ्ना गीतहरूले परदेशी नेपालीहरूको पीडालाई अभिव्यक्त गर्न सकून् भन्ने उनको उद्देश्य हो।

संगीतसँगै समाजसेवामा पनि लागेकी उनले बचेको रकम सामाजिक कार्यमा लगानी गरिरहेकी छन्। उनले आफ्नो बलियो मन, सशक्त सोच र सकारात्मक कर्मलाई जीवनको प्रमुख लक्ष्य बनाउँदै परदेशमा नेपाली संस्कृतिको जगेर्ना गरिरहेकी छिन्। संघर्षको कथा बोकेर अघि बढेकी कल्पना क्षेत्री नेपाली समाजका लागि प्रेरणाको स्रोत बन्न छन्।

 

प्रतिक्रिया