रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र सात बालक रहेका छन्। यस्तै, ४७ जनाको पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ। नुवाकोटमा ६ महिला र सात पुरुषको शव भेटिएको छ।

धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा पहिचान खुल्न नसकेका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै, गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।

चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान खुल्न नसकेका २८ जनाको शव फेला परेको छ। तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक तथा पहिचान नखुलेका चार जनाको शव फेला परेको छ। बाढीबाट भएको मानवीय क्षतिको विवरण संकलन तथा पहिचानको काम जारी रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय