काठमाडौं । माया, प्रेम र विशेष गरी विछोडका गीतमा उत्कृष्ट शब्द सिर्जना गर्ने सर्जक तथा गायक गणेश अधिकारीले लेखेको पछिल्लो गीत "रोजेको पाइएन" अहिले चर्चामा छ।
विशेष गरी गीतको "खाना पिना सोध्ने त आमै हो, अरूलाई त प्यारो कामै हो" भन्ने अन्तरा श्रोता/दर्शकमाझ निकै लोकप्रिय भएको छ। उत्कृष्ट शब्द तथा त्यसै अनुरूपको सुमधुर लय सिर्जना रहेको यस गीतमा अनुजा पुडासैनी र लक्ष्मण भट्टराईको आवाज रहेको छ।
गणेश अधिकारी आफैंले निर्देशन गरेको सो गीतमा यसु भट्टराई, नारायण भट्टराईलगायत कलाकारहरूले अभिनय गरेका छन्।