बालेनको स्पष्टीकरण - पैसा रुटिन अफ नेपाल बन्दलाई दिएको हैन 

काठमाण्डौकाठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पछिल्लो समय सञ्चार माध्यममा आइरहेका समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । 

आफ्नो सामाजिक सञ्जाल मार्फत ईस्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका नभएको प्रष्ट पारेका छन । उनले लेखेका छन -

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । 

ई(स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई(स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई(स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई(स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । 
साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।

प्रतिक्रिया