हजुर आमाले गाउने असली तीज गीत "उईले उईले" भाग-४ सार्वजनिक

केपी कुमार जलन / पोखरा- तीजसँग जोडिएको गीत, संगीत, र कलाको कुरा गर्दा हाम्रो विगतलाई सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो, जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार, र विमर्श हुनुपर्ने हो, त्यो नभएको हो कि भन्ने लाग्छ।

वास्तविक तीजमा नारीका वेदना र कुनै पनि विषयवस्तुमा आफ्नो जीवनकथा तथा विशेष स्थानको भ्रमण संस्मरणलाई गीत मार्फत प्रस्तुत गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको हो। केही महिना अघि करिब ६ महिने अमेरिका भ्रमण पश्चात नेपाल फर्कनु भएकी बागलुङकी ७९ वर्षीया पवित्र रसाईलीले यस वर्षको तीज गीत मार्फत आफ्नै जीवनकथा विषयवस्तु बनाउँदै "उईले उईले" तीज गीत भाग-४ बजारमा सार्वजनिक गर्नुभएको छ।

गीतमा अमेरिका यात्रा हुँदै अमेरिकामा बस्दाका तिता मिठा क्षणलाई व्यक्त गरिएको छ। आफू जहाँ जसतो सुकै सुन्दर ठाउँमा भए पनि आफ्नो मातृभूमिको यादले मन भतभति पोल्ने कुरा समावेश गरिएको छ। सुन्दर चारैतिर हरियाली डाँडाकाँडाले भरिएको सुन्दर शान्त देश नेपाल र जन्मभूमि प्रतिको मायालाई नबिर्सिन समेत गीतबाटै सन्देश दिनुभएको छ। जति नै सुन्दर भए पनि आफ्नै देश ठूलो रहेको गीतमा भनिएको छ।

संगीतकार बि.बि. अनुरागीको शब्द-संगीत रहेको, ७५ वर्षीया पवित्र रसाईलीको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा बिरमा खडका, प्रकृति विश्वकर्मा, लक्ष्मी विश्वकर्मा, सरिता विक, सङ्गीता हर्मेल, पूजा सुनार, पूजा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ। ताराकान्त विकको छायांकन र अर्जुन लोहारको सम्पादनमा रहेको म्युजिक भिडियो बि.बि. अनुरागी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया