• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मानुषी लघुवित्तको आईपीओमा ४८ गुणा बढी आवेदन,शेयर पाउने सम्भावना कम हुँदै

काठमाण्डौ - हिजो मात्र बिक्री खुल्ला गरेकी मानुषी लघुवित्तको शेयरमा आवेदनको ओईरो लागेको छ । 

बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार बिहीबार बेलुकासम्ममा कम्पनीको आइपीओमा १३ लाख ४७ हजार ८०८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको शेयरको ४८.२१ गुणा धेरै हो।

लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

प्रतिक्रिया