जनउत्थान सामुदायिक लघुवित्तको लगानीकर्तालाई बम्पर बोनस

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल २६।३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लघुवित्तले चुक्ता पूँजी ११ करोड ८३ लाख २४ हजार ८०० रुपैयाँको २५ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ८१ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १।३१५७ प्रतिशतले हुन आउने १५ लाख ५६ हजार ९०६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रतिक्रिया