सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ त आजको कारोबार

शुक्रबार सुनचाँदीको मूल्य  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज शुक्रबार सुनको मूल्य अधिकतम ९०० रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अघिल्लो दिन सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनको तुलनामा तोलामा ९०० रुपैयाँले नै घट्दै ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

प्रतिक्रिया