बैंकमा तरलता फेरी घट्यो

काठमाडौं । पुरै देश अहिले स्थानिय निकायको चुनावमा होमिएको छ । निर्वाचनको मतपरिणाम समेत लगभग अधिकांस ठाँउमा सार्वजनिक भइसकेको छ । चुनावपछि तरलता सहज हुन्छ भन्ने विश्वास लिए पनि त्यो भने पुरा भएको छैन । 

चैत्र महिनाको ३० गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख ३० गतेसम्म आइपुग्दा निक्षेप १९ अर्बले घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको हो ।

गत चैत्र महिनाको ३० गते वाणिज्य बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो गत बैशाख महिनाको २ गते देखि ९ गतेसम्मको अवधिमा १० अर्बले निक्षेप बैंकहरुबाट बाहिरिएको देदिएको छ । बैशाख ९ गतेदेखि २३ गतेसम्म भने उक्त निक्षेप बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो ।


यसैगरी वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको छ । संघका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ ।

गत चैत मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो । चैतमा भने वाणिज्य बैंकहरुको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया