काठमाण्डौं– सहकारीका निक्षेपकर्ताको रकम नतिरेर ठगीको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पदमुक्त भए पनि बैंक सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ । सिभिल बैंकको अध्यक्ष पदमा संचालक प्रतापजङ्ग पाण्डे चयन भएका छन् ।
मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । बैंक अध्यक्ष चयन भएपश्चात पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै संचालकलाई धन्यवाद व्यक्त गरे ।
अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गरे ।