काठमाडौं — तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक हुने क्रम तीव्र भएको छ। यसै क्रममा हालै सार्वजनिक भएको गीत "छोरीको शिर आमा" ले छोटो समयमा उल्लेखनीय चर्चा बटुलेको छ। जापानस्थित लोकप्रिय सर्जक प्रेम सापकोटा "सोनु" को शब्द तथा लयमा बनेको उक्त गीतमा गायिका एलिना चौहानको स्वर रहेको छ।
गीतले सार्वजनिक भएको १२ घण्टामै युट्युबमा २ लाखभन्दा बढी दर्शक पाएको छ भने ५० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले भिडियो बनाइसकेका छन्। गीतले उठाएको विषयवस्तु, शब्द तथा भिडियो गायिका एलिनाको वास्तविक जीवनसँग मेल खाएको बताउँदै दर्शकहरूले विशेष रुचि देखाएका छन्।
निर्माण युनिटले गीतलाई सिर्जनात्मक प्रस्तुति मात्र भने तापनि, दर्शक श्रोताहरूले यसलाई जीवनका भोगाइहरूसँग जोडेर वास्तविकता समेटिएको गीतको रूपमा प्रशंसा गरिरहेका छन्।
गीतको भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ भने निर्देशन जेरी भण्डारीले गरेका छन्।