सेयर बजारमा दोहोर अंकले गिरावट, छ कम्पनी भन्दा बढीको सेयरमा सर्किट

काठमाडौंँ - मंगलबार उछाल आएको बजारमा बुधबार भने गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा रोकिएको छ ।


यो दिन २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकाशं समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १३.४४, विकास बैंक ३३.९६, होटल तथा पर्यटन ६२.७४, उत्पादन तथा प्रशोधन १५.४५, माइक्रोफाइनान्स ४६.४८, ट्रेडिङ समूहको उपसूचक १५.६९ अंकले घटेको छ ।

यस्तै वित्त समूहको ३.९३, जलविद्युत १५.१८, जीवन बीमा ५.२४, निर्जीबन बीमा समूहको उपसूचक ९.८० अंकले बढेको छ ।कारोबारमा सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त सृजनशिल लघुवित्त, वन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८ करोड ८५ लाख ९१ हजार २७४ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र अप्पर तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ ।

 

 

 

प्रतिक्रिया