काठमाडौं — यस वर्ष तीजका धेरै गीत गाउने कलाकारहरूमध्ये सूर्य खड्का अग्र स्थानमा छन्। उनले आवाज दिएका केही गीतहरू सार्वजनिक भइसकेका छन् भने केही सार्वजनिक हुने तयारीमा छन्। यसअघि, उनको आवाजमा रहेको "सीताका माइती" बोलको गीत चर्चामा रहेको छ।
सूर्य खड्काले आवाज दिएका धेरै तीजका गीतमध्ये नयाँ तीज गीत "घर धानी छु" हालै मात्र सार्वजनिक भएको छ। अडियो र भिडियो उत्कृष्ट रहेको यस गीतमा सूर्य खड्का र समिना खड्का लोहनीले आवाज दिएका छन्। गीतका लय तथा शब्द सिर्जना सूर्यले आफैं गरेका छन्।
गीतको Video सामान्य छ। गोविन्द विष्टले निर्देशन गरेको यो गीत सूर्य खड्काको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।