• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • व्यापार/व्यवसाय ,
  • बजार

साताको अन्तिम दिन शुक्रबार सस्तियो सुनको मूल्य

काठमाडौंं - शुक्रबार सुनको भाउ सस्तिएको छ । कात्तिक १८ गते, सुन तोलामा १०० रुपैयाँले घटेको हो । यस दिन चाँदीको भाउ भने महंगिएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको अन्तिम कारोबार दिन, चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २२५ रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य सस्तिएको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया