काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा विगत दुई दशकभन्दा लामो समयदेखि परिचित नाम हो कमल खनाल । खनाल परिस्थितिले जुन देशमा भए पनि नेपाली दर्शक स्रोताहरूका लागि आफ्नो सांगीतिक उपस्थिति भने निरन्तर गराइरहेका छन् ।
भर्खर मात्र उनै खनालको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको नयाँ गीत ुतराइ सम्मैु सार्वजनिक भएको छ । चर्चित बाल गायिका कल्पना विष्ट र विक्रम परियारले आवाज दिएको सो गीतको अडियो निकै उत्कृष्ट बनेको छ भने भिडियो भने कामचलाउ बनाइएको छ ।
गीत सार्वजनिक भएसँगै गीतलाई धेरैले उत्कृष्ट भन्ने प्रतिक्रिया दिएका छन् । खनालको आफ्नै लय तथा शब्द सिर्जना रहेको गीतलाई सुनिल परियारले संगीत संयोजन गरेका छन् भने मिराज अर्यालले भिडियो निर्देशन गरेका छन् । गीतलाई कलम खनालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।