निरन्तर ओरालो लाग्दै नेप्से

काठमाडौं । नेप्सेमा निरन्तर ओरालो यात्रा लागिरहेको छ । साताको पहिलो दिन समेत शेयर बजारले ओरालो यात्रालाई निरन्तता पाएको छ । शेयर बजार अहिले साता राताम्य भएको थियो भने यो साता पनि सोहि दिसा तिर लम्किदै गएको छ ।

आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको छ । बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता किनबेच हुदाँ १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लागे पनि आज लक्ष्मी बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको २६ करोड २ लाख ५७ हजार रुपैयाँको कारोबार भएकाो छ ।

साथै, नबिल बेैंकको ४ करोड २९ लाख ७८ हजार रुपैयाँ, रिडी पावरको ३ करोड ४९लाख ८२ हजार र निफ्राको २ करोड ५९ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया