नेप्सेमा लगातार दोस्रो दिन घट्यो,कारोबार रकममा भने सुधार

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेको छ। सोमबार १३ अंकले घटेको नेप्से आज थप ३०.३६ अंकले घट्दै २८४६.३० विन्दुमा झरेको छ। १.०५ प्रतिशतको गिरावट आएको नेप्सेमा कारोबार रकम पनि घटेको छ। आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर किनबेच भएको छ।

आजको बजारमा ४१ कम्पनीको शेयर मूल्य बढेपनि १९८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। बजार अवधिभर ३१८ कम्पनीको शेयर कारोबार हुँदा १ लाख २२ हजार ३३६ पटक किनबेच भएको छ।

बजारका १३ वटै उपसमूह आज राताम्य भएका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घट्दै ७६६९.३५ विन्दुमा पुगेको छ भने सबैभन्दा कम अन्य समूह ०.०६ प्रतिशतले घटेर २५५२.८८ विन्दुमा झरेको छ।

वाणिज्य बैंक समूह १.०५ प्रतिशत, विकास बैंक ०.३९ प्रतिशत, फाइनान्स २.१० प्रतिशत, होटल तथा पर्यटन ०.९७ प्रतिशत, हाइड्रोपावर १.०८ प्रतिशत, लगानी १.७५ प्रतिशत र जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेका छन्।

त्यस्तै, लघुवित्त समूह १.४१ प्रतिशत, म्युचुअल फन्ड ०.५५ प्रतिशत, निर्जीवन बीमा १.११ प्रतिशत र ट्रेडिङ समूह ०.४८ प्रतिशतले घटेका छन्।

प्रतिक्रिया