महालक्ष्मी विकास बैंकले घोषणा गर्यो बम्पर बोनस

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई बोनस घोषण गरेको  छ । 

संस्थाको हिजो मंसिर १२ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५ प्रतिशत नगद गरी कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया