प्रभु बैंकको लाभांशमा सुधार


काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरु एक पछि अर्कोले लाभांश घोषणा गरिरहेका छन् । तिहारअघि आधाभन्दा बढी वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । अब बाँकी वाणिज्य बैंकहरुले तिहारपछि लाभांश घोषणा गर्दैछन् ।


प्रभु बैंकले पनि १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रभु बैंकले लाभांश घोषणाको तयारीमा छ । आव २०७६÷७७ मा भने ०.५३ प्रतिशत नगद तथा १० प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो । गत आर्थिक वर्षको बोनस अघिल्लो वर्षको भन्दा धेरै हुने देखिएको छ ।बैंकले आव २०७५÷७६ मा ०.८४ प्रतिशत नगद लाभांश र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

साथै अघिल्लो हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । साथै सबैभन्दा कम कुमारी बैंकले लाभांश घोषणा गरेको छ ।
 

प्रतिक्रिया