साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट

काठमाडौंं - सोमबार सुनको भाउ सामान्य रुपमा घटेको छ । साउन ९ गते, सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार भने सुन महंगिएको थियो । त्यस दिन सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको थियो ।

साताको दोश्रो दिन, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँ कायम रहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्यमा सामान्य गिरावट भएको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया