मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौं । पछिल्लो समय ठूला कम्पनीहरूले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रक्रियाहरू अगाडि बढाइरहेका छन । यसैबीचमा मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । उसले धितोपत्र बोर्डमा आइपीको लागि अनुमती माग्दै आवेदन दिएको छ । 

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । रेटिङ एजेन्सी केयर रेटिङका अनुसार मारुती सिमेन्ट्सले सन् २०२३ मा ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२२ मा ५ अर्ब ५ करोड र २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । 

पछिल्लो तीन वर्षमा सिमेन्ट र क्लिंकरको मूल्य घटेका कारण पनि आम्दानीमा केही असर परेको एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया