काठमाडौं । लगातार घटेको शेयर बजारमा आज भने अहियाली छाएको छ ।
सोमबार नेप्से परिसूचक २१।०४ अकंले बढेर १९०४।२६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३।१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी इक्वाटी फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६।५८ प्रतिशतले घटेको हो ।