बाग्लुङ - ग्रेस इन्टरनेसनलले बागलुङमा आयोजना गर्ने 'एडुभर्स २०२४' शैक्षिक मेला मङ्सिर ५ गते सम्पन्न हुने भएको छ। यस मेलाले विद्यार्थीलाई विदेशी अध्ययनसम्बन्धी जानकारी दिन, प्रत्यक्ष परामर्श गर्न, र विशेष छात्रवृत्ति तथा स्पट एडमिसन जस्ता अवसरहरू प्रदान गर्ने उद्देश्य लिएको छ।
मेलामा अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका लगायतका १५ भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।
विशेष आकर्षण:
विद्यार्थीहरूका लागि कक्षामा विशेष छुट।
लक्की ड्र मार्फत विभिन्न उपहार।
विदेश अध्ययनका चुनौती र अवसरबारे परामर्श।
बागलुङजस्तो सानो शहरमा यस्ता कार्यक्रम आयोजनाले विद्यार्थी र अभिभावकलाई ठोस र सही जानकारी उपलब्ध गराउँदै अध्ययन गन्तव्य छनोट गर्न मद्दत गर्ने अपेक्षागरिएको छ।