काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । शेयर बजारमा सुधार देखिए पनि कारोबार रकम भने सुधार तिर लम्किन सकेको छैन ।
मंगलबार नेपाल स्टक एक्सेचेञ्ज –नेप्से) २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नैप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुदाँ ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको काराबोर भएकोहो ।नेप्सेमा सुधार आउँदा आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज ५ करोड ९४ लाख ८९ हजार रुपैयाँ कारोबार भएको हो ।
साथै, रिडी पावरको ५ करोड ६३ लाख १० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख २७ हजार रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ७३ लाख ९ हजार रुपैयाँ र अपी पावरको २ करोड १७ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।