गृह प्रशासनमा लोकप्रिय बन्दै महिला सिडिओ शर्मा


काठमाडौं–निजामति सेवामा महिलाको उपस्थिति बलियो बन्दै गएको छ । तर, प्रमुख जिल्ला अधिकारीको रुपमा का मगर्ने महिलाको संख्या न्यून छ ।  जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा काम गर्दा विभिन्न झन्झट आउने भएकाले महिलाहरु सिडिओ भएर सक्षमता प्रस्तुत गर्न कठिन छ ।


पछिल्लो पटक गृह प्रशासनमा महिला सिडिओ छन् । जो छोटो अवधिमा राम्रो काम गरेर चर्चामा आएकी छन् । ती सिडिओ हुन् रुद्रादेवी शर्मा । शर्मा सह–सचिव हुन् । शर्माको घर बागलुङ हो । गुल्मीको सिडिओको रुपमा काम गर्दै आएकी शर्मा को सरुवा भक्तपुरको सिडिओको जिम्मेवारीमा आएकी छन् । गुल्मी अघि उनी रामेछापमा सिडिओको जिम्मेवारी सफलतापूर्वक सुरा गरेकी थिइन् ।


शर्माको कार्यसम्पादन उत्कृष्ट छ । गृह मन्त्रालयका अनुसार ७७ वटै जिल्लाको कार्यसम्पादन मूल्यांकनमा सहसचिव शर्माले नेतृत्व गरेको गुल्मी जिल्ला कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थानमा रहन सफल भएको थियो । महिला भए पनि काम गरेर देखाएर शर्माले आफूलाई प्रमाणित गरेकी छिन् । शर्मा पनि अहिलेसम्म २ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गए पनि दुवै जिल्लामा १ वर्ष बिताइनन् । रामेछापमा १० महिना पूरा गरेपछि उनको गुल्मीमा सरुवा भएको थियो । गुल्मीबाट ९ महिनामा नै उनको सरुवा भएको छ । निजामति सेवामा प्रवेश गरे पछि ९ वर्ष सिंहदरबारमा बिताएकी शर्माले गृह प्रशासनमा प्रवेश गरे पछि अब्बलता प्रस्तुत गर्दै सम्बन्धित जिल्लामा लोकप्रिय भएर काम गरेकी छिन् ।


रामेछाम र गुल्मी गरेर दुईवटै जिल्लामा उनले कोरोना महामारीको बेलामा कोभिड नियन्त्रण तथा रोकथामदेखि शान्ति–सुरक्षाको काममा आफुलाई अब्बल प्रमाणित गरेकी छिन् । उनी बसेको जिल्लामा विवाद पनि आएको छैन । गुल्मीमा नागरिकता र राहत बोकेर नागरिकको घर–घरमा पुगे पछि उनको प्रशंसा भएको थियो । २०६६ सालमा राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी शर्मा झण्डै ९ वर्षको अन्तरालमा नेपाल सरकारको सह–सचिव पदमा पुगेकी हुन् । 
 

प्रतिक्रिया