काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर सक्रिय लोकप्रिय गायक तथा सर्जक राजु ढकालले आफ्नो नयाँ मौलिक तीज गीत ‘ए आमा’ सार्वजनिक गरेका छन्।
यस गीतमार्फत ढकालले पछिल्ला वर्षमा नेपाली गीत–संगीतमा देखिएका विकृतिहरूलाई प्रष्टसँग औंल्याउँदै मौलिकतालाई जोगाउनुपर्ने सन्देश दिएका छन्। अडियो र भिडियो दुवै पक्षमा गीत दमदार बनेको छ।
ढकालले ‘ए आमा’लाई आफ्नो अन्तिम तीज गीत भएको स्पष्ट पार्दै लय र शब्द दुवै आफैं सिर्जना गरेका हुन्। भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन् भने जिके ढकाल र लोकप्रिय गायिका देवी घर्तिको उत्कृष्ट अभिनय रहेको छ। गीतलाई देवी घर्तिको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।