कातिक महिनाको पहिलो दिनमै बढ्यो सुनको मूल्य

काठमाडौंं - कार्तिकको पहिलो दिन नै सुनचाँदीको भाउ महंगिएको छ । मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

असोजको अन्तिम दिन पनि सुन तोलामा २०० रुपैयाँले बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी, मंगलबार सुनसँगै चाँदीको मूल्य बढेको छ । चाँदी तोलामा २० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।सोमबार चाँदीको मूल्य स्थिर रहेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया